महिलालाई एसिड छ्याप्छु भन्दै 'प्र्याङ्क' गर्ने युवक पक्राउ

images
  • 261
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    महिलालाई एसिड छ्याप्छु भन्दै 'प्र्याङ्क' गर्ने युवक पक्राउ
    images

    नवलपरासी 

    बाटोमा हिँडिरहेकी महिलासँग गरगहना र पैसा माग्ने र नदिएमा एसिड छ्याप्ने धम्कीसहित 'प्र्याङ्क' भिडियो बनाउने युवक पक्राउ परेका छन् ।

    yyyyyytrewasdfg.jpg

    नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका ३ गिरुवारी बस्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले 'बदमास केटा' नामक युट्युब च्यानल सञ्चालन गर्दै आएको र प्र्याङ्क भिडिओ बनाउने नाममा बाटोमा हिँडिरहेकी महिलालाई रोकेर साथमा भएको पैसा, मोबाइल र गरगहना माग्दै नदिएमा एसिड हान्ने भनेर तर्साएका थिए । उनको हर्कतको चौतर्फी आलोचना भएको थियो ।

    उनलाई हिजो कावासोती बजारबाट पक्राउ गरिएको र काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend