फिलिपिन्स डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुुस

images
  • 119
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    फिलिपिन्स डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्पको  धक्का महसुुस
    images

    काठमाडौं ।

    फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुुस गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    earthquake.jpg

    अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

     

    अमेरिकी भौगर्भिक सर्वेले ७।१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७।३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् । भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend