बलिउड स्टार टाईगर श्राफ र दिशा पटानी बिच ‘ब्रेकअप’

images
  • 265
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    बलिउड स्टार टाईगर श्राफ र दिशा पटानी बिच ‘ब्रेकअप’
    images

    एजेन्सी ।

    बलिउड फिल्म उद्योगमा कैयौँ सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ। यीमध्ये कैयौँ स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौँको बीचमा नै ब्रेकअप हुने गरेको पाइन्छ।

    tiger-and-disha_20220727085726.jpg

    झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको जोडीको ब्रेकअप भएको छ। जोडीको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन।

     

    तर यो जोडीको सम्बन्ध केही समययता ठीकसँग नचलिरहेको उनीहरु निकट स्रोतले जानकारी दिएको छ। जोडीमा केही असमझदारी भएपछि एकापसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएका छन्।

     

    टाइगरका एक साथीले पनि उनीहरुको प्रेम सम्बन्ध पहिलाको जस्तो नरहेको खुलासा गरेका छन्। दुवैको ब्रेकअप भएपछि उनीहरु आ(आफ्नो काममा केन्द्रीत रहेको उनको दाबी छ।

    ब्रेकअपका विषयमा टाइगर र दिशाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। ब्रेकअप अघि टाइगर र दिशा विभिन्न स्थानमा घुमिरहेको अवस्थामा भेटिन्थे।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend