नवलपरासीको दाउन्नेमा बस पल्टिएर आगलागी ३१ जना घाईते, ६ जनाको अवस्था गम्भीर

images
  • 76
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    नवलपरासीको दाउन्नेमा बस पल्टिएर आगलागी ३१ जना घाईते, ६ जनाको अवस्था गम्भीर
    images

    नवलपरासी ।

    नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्। घाइते यात्रुमध्ये ६ जनाको को अवस्था भने गम्भीर रहेको छ।

    bus-aaglagi_20220727091049.jpg

     

    कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए। उनका अनुसार बसमा ३१ जना जना सवार थिए।

     

    घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ। अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend