भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल

images
  • 93
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल
    images

    काठमाडाैँ 

    भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल गरिएको छ ।जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो । 

    money.jpg

     

    नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व सङ्कलन भएको हो । प्रहरीले भन्सार छलेर ल्याएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरेको छ ।

     बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपरासी र रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउने गरेको पाइएको प्रहरी उपरीक्षक महर्जनले बताए । नवलपुरमा एकमात्रै त्रिवेणी नाका छ । अन्य जिल्लाका नाकाबाट भित्रिएका सामग्रीसमेत बरामद गरिएको हो ।  प्रहरीलेको गस्तीका क्रममा भन्सार नतिरी नेपाल भित्र्याइएका ५९५ थान मोबाइल, कपडा, पाटपुर्जा, किरानाका सामान, युरिया मल, चिनी, भाँडावर्तनलगायतका सामग्री बरामद गरी भन्सार चलान गरी राजस्व असुल गरेको हो । प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ४४४ साधनका चालकलाई कारबाही गरेको छ । जरिवानावापत रु ७९ लाख  राजस्व असुल गरिएको महर्जनले बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend