नुवाकोट
नुवाकोटमा खाेलाले बगाउँदा वडा सदस्यकाे ज्यान गएकाे छ । गएराति बेलकाेट खाेलाले बगाउँदा बेलकोटगढी नगरपालिका-१२ की वडा सदस्य सुकुमाई तामाङको ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले खेतमा काम गरेर फर्कने क्रममा खोलाले तामाङलाई बगाएकाे जानकारी दिनुभयाे ।
तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताउनुभयो । उहाँ गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित हुनुभएको थियो ।



