सुनको मुल्य घट्दा चाँदीको बढ्यो ? कतिमा हुँदैछ खरिद-बिक्री ?

images
  • 105
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    सुनको मुल्य घट्दा चाँदीको बढ्यो ? कतिमा हुँदैछ खरिद-बिक्री ?
    images

    काठमाडौं 

    नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो । यससँगै लगातार दोस्रो दिन मूल्य घटेको हो ।

    gold-silver_20211209111125.jpggold-silver_20211209111125.jpg

     

    महासंघका अनुसार आज सुनको मूल्य २०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो ।

    सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबार सुरू भएको जानकारी दिएको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend