नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने बताए

images
  • 86
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने बताए
    images

    काठमाडौं 

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपीबारेको छलफलका क्रममा उनले नेपाललाई सैन्य गठबन्धनभित्र तान्ने प्रयास गर्न र नेपालीलाई प्रयोग गर्छु भनेर मुक्त हुन आग्रह गरे । 

    samiti-antarastiya_mfdizDS2sj_20220727155147.jpg

    अध्यक्ष नेपालले एसपीपी सम्झौता पूर्ववर्ती एक दलीय गठबन्धन सरकारले गरेको र अहिलेको गठबन्धन सरकारले सो सम्झौताका लागि पत्र नपठाउने निर्णय गरेकोले धन्यवाद दिन आग्रह गरे । उनले भने,‘नेपालले आफ्नो परराष्ट्र नीतिमा पञ्चशीलका मान्यता अंगिकार गरेको छ । नेपालको छिमेकीविरूद्ध प्रहार गर्ने किसिमले कोही आउछ भने त्यसलाई स्वीकार गर्ने पक्षमा नेपाल छैन् ।’ उनले यो अडानमा नेपाल खुट्टा नकमाइ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend