एसईई नतिजा : कुन प्रदेशबाट कति विद्यार्थीले कुन ग्रेड ल्याए?

images
  • 146
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    एसईई नतिजा : कुन प्रदेशबाट कति विद्यार्थीले कुन ग्रेड ल्याए?
    images

    काठमाडौँ 

     राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो। प्रदेश १ का ११८७ विद्यार्थीले ३.६ देखि ४ सम्मको जिपिए प्राप्त गरेका छन्।

    see_20200613174647.jpg

     

    मधेस प्रदेशका १५६१ विद्यार्थीले ३.६ देखि ४ सम्मको जिपिए प्राप्त गरेका छन् भने बागमती प्रदेशका ४ हजार ६ सय २ विद्यार्थीले उक्त जिपिए प्राप्त गरेका छन्।

    त्यस्तै गण्डकी प्रदेशका ७ सय ८४ विद्यार्थीले  उच्च जिपिए ल्याएका छन्।लुम्बिनी प्रदेशमा उच्च जिपिए ल्याउनेको संख्या १२२० छ भने कर्णाली प्रदेशका ११४ विद्यार्थीले उच्च जिपिए ल्याएका छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशका १९५ विद्यार्थीले उच्च जिपिए ल्याएका छन्।

    सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ‘ए प्लस’ ल्याउने ९ हजार ६३३ जना रहेका छन्।गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए। देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए।

    त्यस्तै, ए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ छ।

    हरेक प्रदेशबाट कति विद्यार्थीले कुन ग्रेड ल्याए ?

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend