नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल:बसाइँसराइ रोक्न गाउँको दिगो विकास गर्नुपर्छ

images
  • 184
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल:बसाइँसराइ रोक्न गाउँको दिगो विकास गर्नुपर्छ
    images
    देवघाट तनहुँ:साउन ११ गते
     
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित आज क्षेत्र बिकासको सभा हलमा नेपाली काङ्ग्रेस देवघाट गाउँ कार्यसमिति देवघाटको आयोजनामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सो कुरा बताए ।
    tttttttttrreeww.jpg
     
    “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नु पर्दैन”, उनले भने, “गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उजाड बन्दै गएको छ ।” नेपाल सरकारले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो । मानिसहरु सुविधा र रोजगारी खोज्दै सहरमा बसाइँसराइ गर्ने क्रम बढेको उल्लेख गर्दै नेता पौडेलले त्यसलाई रोक्न गाउँमै रोजगारी र आम्दानीको अवसर दिन आवश्यक रहेको बताए ।
    ttrrccvvbbn.jpg
     
    नेपाल प्रकृतिको धनी हुँदाहुँदै पनि मानिसहरु विकास खोज्न भौँतारिएको चर्चा गर्दै नेता पौडेलले गाउँको विकासका लागि आफू सक्रिय रुपमा लागेको बताए । देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै नेता पौडेलले विगतमा अवरुद्व भएका विकासका कामलाई निरन्तरता दिँदै नयाँ विकासका योजनालाई तीव्र गतिमा अघि बढाइने उनले बताए ।
    hhhhhhhhgg.jpg
     
    नेता पौडेल यही साउन ८ गतेदेखि तालिका नै बनाएर जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न वडामा पुगी कार्यकर्तासँग भेटघाट गरेका थिए ।
    cccccxxsz.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend