नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकियो

images
  • 120
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी  सकियो
    images

    काठमाडौं 

    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।

    perish_danda_perishdanda_cpn_maoist_8ykC0InNWJ_20210312155428.jpg

     

    ‘आजको बैठकमा जम्मा करिब २ घण्टा छलफल गरियो, त्यसमा मुख्यतः आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल भयो । समसामयिक राजनीतिक विषयमा अध्यक्षले ब्रिफिङ गराए । भोलि बिहान ८ बजे बस्ने गरी बैठक सकियो’ पोखरेलले भने ।

    स्थायी समिति बैठकमा स्थानीय तहको चुनावमा भएको अन्तर्घातका विषय र विद्यार्थी विवादका विषयमा छलफल हुने बताइएको छ । यही बैठकबाट पदाधिकारी चयन र अपूर्ण स्थायी समितिलाई टुंग्याउने दबाब दिइने पोखरेलले बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend