बाराको सिमरा विमानस्थल, परवानीपुर र पर्साका धेरै ठाउँमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

images
  • 122
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    बाराको सिमरा विमानस्थल, परवानीपुर र पर्साका धेरै ठाउँमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
    images

    काठमाण्डाै 

    बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै ठाउँमा ठूलो पानी परेको छ ।

    weather_zMW7HnLRdy.jpg

    बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा यी क्षेत्रमा ठूलो वर्षा भएको छ भने फेरि ठूलो वर्षा हुने सम्भावना रहेकाले बाढी र डुबानको जोखिम  छ ।

    महाशाखाले पसाहा खोला, दुधौरा खोलालगायत यी क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै होचा ठाउँमा आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend