दाङमा ब्राउनसुगरसहित एक जना पक्राउ

images
  • 178
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    दाङमा ब्राउनसुगरसहित एक जना पक्राउ
    images

    दाङ

    घोराही उपमहानगरपालिका–१४ बस्ने साहिल राईलाई करिब २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।      

    pakrau_20210128114110.jpg    

     

    सोही उपमहानगरपालिका–१५ स्थित प्यूठानी होटेलबाट १० हजार रुपैयाँ चोरी राई फरार भएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनको खोजी गरेको थियो । 

    वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend