चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ

images
  • 121
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ
    images

    कञ्चनपुर

    कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट दुई थान चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    chituwa-ko-xala1658988315_20220728115724 (1).jpg

    पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका–३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र सोही नगरपालिका–२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् । 

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    कृष्णपुर नगरपालिका–३ देखतभुलीस्थित धानबारीमा उनीहरूले उक्त छाला लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend