काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ

images
  • 127
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ
    images

    काठमाडौं

      काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ मनाङगेट बस्ने दिप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    1600932790juwade-pakrau_20211105110418.jpg

     

    पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने २७ वर्षीय वीर बहादुर गुरुङसमेत छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ८ सय ४० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

    यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने बिष्णु मण्डेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५८ वर्षीय दिपक खड्का समेत ११ जना छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय ७५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend