ललितपुर, सिरहा र संखुवासभामा तीनजना मृत अवस्थामा फेला

images
  • 85
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    ललितपुर, सिरहा र संखुवासभामा तीनजना मृत अवस्थामा फेला
    images

    काठमाडौं 

    ललितपुर, सिरहा र संखुवासभामा तीनजना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एकजना मृत अवस्थामा भेटिएको छन् ।

    mirtu_20210131151419.jpg

     

    उनी सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेशकुमार कायस्थ रहेको प्रहरीले जनाएको छ । सोही गोठको भर्याङमुनि बुधबार उनी मृत अवस्थामा फेला परेका हुन् । उनी त्यही गोठमा बस्दै आएका थिए । 

    सिरहाको मिर्चैया नगरपालिका–१० मथलेश्वर बस्ने २७ वर्षीया बिमला देवी यादब आफ्नै घरको ढोका नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् । संखुवासभाको खाँदबारी  नगरपालिका–२ अमले भञ्ज्याङस्थित सडकमा सोही ठाउँ बस्ने ७१ वर्षीया कमला परियार दर्जी बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।  सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend