अर्जेन्टिनी रक्षक मार्टिनेज म्यानचेष्टर युनाइटेडमा

images
  • 79
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    अर्जेन्टिनी रक्षक मार्टिनेज म्यानचेष्टर युनाइटेडमा
    images

    काठमाडौं

    इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आयाक्सका रक्षक लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ । प्रशिक्षक टेन हाङले ओल्ड ट्राफोर्डमा अर्जेन्टिनी रक्षक मार्टिनेजलाई  सन् २०२७ सम्मका लागि ५६.७ मिलियन पाउन्डमा अनुबन्धित गरेका हुन् । 

    martinez1658990561_20220728123248.jpg

     

    २४ वर्षीय रक्षकलाई इंग्लिस अर्काे क्लब आर्सनलले पनि चासो देखाएको थियो । सन् २०१९ मा अर्जेन्टिनी क्लब आयाक्स झरेपछि मार्टिनेजले १२० खेल खेलेका छन् । सन् २०१९ मा अर्जेन्टिना राष्ट्रिय टिममा डेब्यु गरेका मार्टिनेजले सात खेल खेलेका छन् । 

    सन् २०२१ मा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा मार्टिनेज टोलीका महत्वपूर्ण सदस्य थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend