राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८÷२०७९ मा ३ सय ५१ उजुरीहरू फछ्र्यौट

images
  • 92
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८÷२०७९ मा ३ सय ५१ उजुरीहरू फछ्र्यौट
    images

    काठमाडौं 

    राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८÷२०७९ मा ३ सय ५१ उजुरीहरू फछ्र्यौट गरेको छ । फछ्र्यौट भएकामध्ये नेपाल सरकारलाई नीतिगत ६ र उजुरगत ८५ गरी कुल ९१ सिफारिस गरेको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

    Nepal-Human-rights-Commission-NHRC(1)_20220304124024.jpg

     

    फछ्र्यौट गरिएका उजुरीहरूमा ९ वटा खारेजी गरिएको छ भने २ सय ५१ उजुरी तामेलीमा छन् । त्यस्तै गरी ६१ उजुरीहरूमा विभिन्न आदेश गरी पुनः पेश गर्ने निर्णय गरेको छ । पुनः पेश समेत गरी आ.व. २०७८÷०७९ मा आयोगले कूल ४ सय १२ उजुरीहरू उपर निर्णय गरेको प्रवक्ता डा टीकाराम पोख्रेलले जानकारी दिए ।  सिफारिस गरिएका उजुरीहरू मध्ये सबैभन्दा धेरै ४२ सिफारिस आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसँग सम्बन्धित रहेका छन् । 

    आयोगले स्थापनाकालदेखि नै मानव अधिकार उल्लङ्घनसम्बन्धी घटनाका उजुरीहरू दर्ता, अनुगमन, अनुसन्धान र निर्णय गरी नेपाल सरकारलाई सिफारिसहरू गर्दै आइरहेको छ । आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूमा रहेका उजुरीहरू, उजुरीउपर भएका निर्णय तथा सिफारिसहरूको तथ्याङ्क प्रत्येक वर्ष अद्यावधिक गर्दै आइरहेको छ । 

    आयोगमा आर्थिक २०७८÷२०७९ बाट जिम्मेवारी सरेर आएका निर्णय हुन बाँकी कूल उजुरी सङ्ख्या ४ हजार २ सय १४ रहेका छन्

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend