भरतपुर अस्पतालमा शिशुको मृत्युपछि आफन्तले स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने

images
  • 107
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    भरतपुर अस्पतालमा शिशुको मृत्युपछि आफन्तले स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने
    images

    चितवन 

    चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुनेका छन् ।

    vvvvghjk.png

     

    पीडित पक्षले उपचारमा चिकित्सक तथा नर्सहरुले लापरवाही गरेको आरोप लगाएका छन् । भरतपुर महानगरपालिका वडा नं.१५ का एक बालकको उपचार क्रममा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै थुनिदिएका हुन् ।

     

    शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि बिहीबार बिहान १० बजे अस्पतालमा ल्याइएको थियो । तर, उपचारको क्रममा बालकको दिउँसो ३ बजे मृत्यु भएको थियो ।

     

    पीडित परिवारले समयमा नै चिकित्सकले उपचार नगर्दा बालकको मृत्यु भएको जनाएका छन् । उपचार छाडेर नर्सहरु वार्डमा नै नर्सहरु जन्मदिन मनाउन लागेको मृतक शिशुको आफन्तले आरोप लगाएका छन् ।

    अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले दूध सर्किएर बच्चाको मृत्यु भएको बताए । अस्पतालका बाल चिकित्सक डा. ओमकृष्ण पाठकले शिशुलाई बचाउन सक्दो प्रयास गरेको तर नसकेको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend