राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

images
  • 88
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित
    images

    काठमाण्डौ

    राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ बहुमतले पारित गरेको हो ।

     

    vvvvvvvvvvvvvvvvvvvv.jpg

    राष्ट्रिय सभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरूको प्रश्नको जवाफ दिएपछि बैठकले विधेयक बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते शुक्रवार प्रतिनिधि सभाले यो विधेयक पारित गरेको थियो ।

    अब यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभामा नै फिर्ता पठाउने छ र प्रतिनिधि सभाले राष्ट्रपति समक्ष पठाउने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कार्यान्वयनमा आउनेछ । 

     

    राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend