आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदै, देशभरका ७५ लाख बालिबालिकालाई खोप लगाइने

images
  • 125
    SHARES
  • चैत्र २५, २०७८ शुक्रबार
    आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदै, देशभरका ७५ लाख बालिबालिकालाई खोप लगाइने
    images

    काठमाण्डौ, २५ चैत । आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदैछ । सरकारले टाइफाईड रोगको जोखिमबाट जोगाउन १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउँदै छ । सरकारले खोप अभियानमा देशभरका झन्डै७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

    1649388990-GAR9M.jpg

    राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ।

    यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गिता मिश्रले बताउनुभयो । उहाँले खोप अभियानका लागि देशभर ५० हजार केन्द्र तोकिएको पनि बताउनुभयो।

    १८ वैशाखसम्म चल्ने अभियानमा बालबालिकालाई एकै चरणमा खोप दिने मन्त्रालयले जनाएको छ । आजबाट खोप अभियान सुरु भएपनि प्रधानमन्त्री शेर बहादुर देउवाले भने हिजै खोप अभियानको उद्घाटन गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend