छानबिन समितिको प्रतिवेदन तयार, भोलि सभामुखलाई बुझाउने

images
  • 108
    SHARES
  • श्रावण १२, २०७९ बिहीबार
    छानबिन समितिको प्रतिवेदन तयार, भोलि सभामुखलाई बुझाउने
    images

    काठमाडौं 

    तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ ।

    yuiopl.jpg

     

    समितिका सदस्य सचिव सुरेन्द्र अर्यालका अनुसार आज प्रतिवेदन लेखनको काम सकिएको हो । भोलि सभामुखलाई प्रतिवेदन बुझाएपछि सार्वजनिक हुने समेत उनले जनाकारी दिए । 

     

    शर्मामाथि चालू आर्थिक वर्षको बजेट र त्यससँग सम्बन्धित आर्थिक विधेयक तयार गर्दा बाहिरी मान्छे संलग्न गराएको आरोप लगेको छ। आर्थिक विधेयकमा बाहिरी व्यक्ति संलग्न गराएर करका दर हेरफेर र संशोधन गरिएको विषय संसदमा उठेको थियो। 

     

    त्यसपछि छानबिन गर्न विशेष समिति गठन भएको छ। गठित समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend