आतंक मच्चाएको भन्दै राँगोलाई गोली हानी मारियो

images
  • 96
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    आतंक मच्चाएको भन्दै राँगोलाई गोली हानी मारियो
    images

    काठमाडौं 

    काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको भन्दै एउटा राँगोलाई गोली हानी मारिएको छ । आज बिहान साढे ७ बजेतिर राँगो मारिएको हो ।

    ccccffgt.jpg

     

    थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो । सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो ।‘

     

    प्रहरीका अनुसार राँगोले कसैलाई घाइते भने बनाएको थिएन । तर मानवीय क्षति पुर्याउन सक्ने सम्भावना देखिएपछि मार्नु परेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend