इलाम, झापालगायत पूर्वका केही ठाउँमा ठूलो वर्षा : दिउँसाेसम्म सतर्कता अपनाउन आग्रह

images
  • 80
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    इलाम, झापालगायत पूर्वका केही ठाउँमा ठूलो वर्षा : दिउँसाेसम्म सतर्कता अपनाउन आग्रह
    images

    काठमाण्डाै 

    पूर्वका केही जिल्लामा ठूलो पानी परिरहेको छ । इलाम र झापाको सीमा आसपास केही ठाउँमा पछिल्लो ३ घण्टामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    e.jpg

    झापाको शनिश्चरे, चन्द्रगढी, केचनालगायतका क्षेत्रमा पानी परेको र मेची विरिङ, निन्दा, अदुवा खोलालगायत साना खोलामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले तटीय डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    x.jpg

    आज देशभरको मौसम सामान्य बदली रहनेछ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

    प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज र भोलि ठूला नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend