नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो

images
  • 118
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो
    images

    काठमाडौँ 

     नेपालमा बाघको संख्या ३ सय ५५  पुगेको छ। विश्व बाघ दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यो सङ्ख्या सार्वजनिक गरे। सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३ बाट बढेर १ सय २५ पुगेको छ। यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाट बढेर १ सय २५ पुगेको छ।

    d.jpg

     

    यस्तै पर्सा निकुञ्जमा १८ बाट बढेर ४१ पुग्दा शुक्लाफाँटा निकुञ्जमा १६ बाट ३६ पुगेको छ। त्यस्तै बाँके निकुञ्जमा २१ बाट बढेर  २५ पुगेको छ ।यसअघि सन् २०१८ मा नेपालमा २३५ वटा बाघ रहेका थिए। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनले २०२२ सम्म दोब्बर पार्ने लक्ष्य लिएको थियो। 

     

    सो लक्ष्य पुरा गर्ने नेपाल पहिलो राष्ट्र बनेको छ। बाघ पाइने पाँच वटै राष्ट्रिय निकुञ्जमा सङ्ख्या बढेको छ। सन् २०१० मा नेपालमा १ सय २१ बाघ रहेका थिए। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend