हेटौंडाका २२ हजार परिवारले १० हजार लिटरसम्म पानी निःशुल्क पाउने

images
  • 79
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    हेटौंडाका २२ हजार परिवारले १० हजार लिटरसम्म पानी निःशुल्क पाउने
    images

    हेटौँडा 

     हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो । 

    jjjjjjjjjjjjjjjjjjjj.jpg

     

    खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौंडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए । हेटौँडामा  खानेपानी बोर्ड अन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उनले बताए ।

     

    उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ ।  खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ ।

     

    हाल बोर्डले उपमहानगरपालिका अन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend