नेपालमा १ वर्षमै भित्रियाे ३ करोड १४ लाखभन्दा बढीको पानकाे पात

images
  • 110
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    नेपालमा १ वर्षमै भित्रियाे ३ करोड १४ लाखभन्दा बढीको पानकाे पात
    images

    काठमाडाैँ

    नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ। २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।

    jkhg.jpg

     

    सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ। विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ।

     

    नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend