काठमाडौँ
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका अनुसार यस वर्षको एसईई परीक्षामा यहाँका १० जना परीक्षार्थीले मात्रै ४ जीपीए ल्याएका छन् । देशभर यो संख्या ४२ रहेको छ ।

विद्यालयले आन्तरिक मूल्यांकन गर्दा २०७६ मा काठमाडौं जिल्लाका १ हजार ५ सय ५४ जनाले ४ जीपीए प्राप्त गरेका थिए । कोरोनाअघि २०७५ मा ४ जीपीए ल्याउनेको संख्या ५२ जना रहेको थियो । त्यो वर्ष देशभर १ सय ६ जनाले उक्त जीपीए ल्याएका थिए । यहाँ ३.६ देखि ४ उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८ दशमलब ९ प्रतिशत मात्रै रहेको छ । ३ हजार २ सय ५४ जनाले उक्त जीपीए प्राप्त गरेको छन् ।



