आईएल टी–२० लिगले शीर्ष खेलाडीलाई साढे चार लाख डलर पारिश्रमिक दिने

images
  • 109
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    आईएल टी–२० लिगले शीर्ष खेलाडीलाई साढे चार लाख डलर पारिश्रमिक दिने
    images

    काठमाडौं 

    युएईको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेसनल लिग टी–ट्वान्टी (आईएल टी–२०) ले विश्वको शीर्ष खेलाडीलाई साढे चार लाख डलर पारिश्रमिक दिने प्रस्ताव गरेको छ ।

    ;;;;.jpg

    पहिलो संस्करणका लागि आईएल टी–२० ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेको क्रिकइन्फोले जनाएको छ । जुन पारिश्रमिक भारतको इन्डियन प्रिमियर लिग (आइपीएल) पछिकै सर्वाधिक बढी हो ।

     

    आईएल टी–२० ले प्रतियोगितालाई आकर्षक र विश्व क्रिकेटको ध्यान तान्न खेलाडीलाई मोटो रकमको पारिश्रमिक दिने योजना बनाएको हो । मोटो रकमको कारण विश्वका ठूला खेलाडी प्रतियोगिता खेल्न आउने अनुमान गरिएको छ ।

     

    अष्ट्रेलियाका पूर्व कप्तान डेभिड वार्नर अष्ट्रेलियाको बिग ब्यास लिग छाडेर आईएल टी–२० लिग खेल्न आउने बताइएको छ । प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितालाई इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले स्वीकृति दिइसकेको छ ।

    प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउनेछन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ ।

     

    यस्तै हरेक टोलीले तीन जना यूएइका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू–२३ टिमका खेलाडी अनिवार्य गरिएको छ । प्लेईङ–११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend