अर्थ मन्त्रालयले सहयोग नगरेको छानबिन समितिको आरोप

images
  • 42
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    अर्थ मन्त्रालयले सहयोग नगरेको छानबिन समितिको आरोप
    images

    काठमाडौं

    संसदीय विशेष समितिले छानबिनको लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयले हलुका ढंगले व्यवहार गरेको आरोप लगाएको छ। मन्त्रालयले समितिलाई सहयोग नगरेको आरोप उसले लगाएको हो।

    ghs.jpeg

     

    करका दर हेरफेर भएको भनी उठेको प्रश्नका विषयमा अध्ययन गर्नका लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका ढंगले व्यवहार गरेको समितिको भनाइ छ।

     

    समितिले तयार पारेको प्रतिवेदनमा ‘संसद र संसदीय समितिले माग गरेका कागजात प्रमाणहरू र गरिएका पत्राचारको सम्बन्धमा जबाफ र विवरण उपलब्ध गराउने सिलसिलामा विषयको गाम्भीर्यलाई ध्यान नदिई हलुका ढङ्गले व्यवहार गरेको समितिले छानविनको क्रममा महसुस गरेकोले अर्थ मन्त्रालयका जिम्मेवार अधिकारीहरूले आफ्नो जिम्मेवारी र जवाफदेहिता सही रूपमा बहन गर्नुपर्ने हुन्छ’ भनिएको छ।

     

    अर्थ मन्त्रालयका जिम्मेवार अधिकारीहरूले आफ्नो जिम्मेवारी र जवाफदेहिता सही रूपमा बहन नगरेको पनि समितिको प्रतिवेदनमा उल्लेख छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend