सिटिजन्स बैंक र तिनाउ इन्टरनेसनल हस्पिटलबीच समझदारी

images
  • 69
    SHARES
  • श्रावण १३, २०७९ शुक्रबार
    सिटिजन्स बैंक र तिनाउ इन्टरनेसनल हस्पिटलबीच समझदारी
    images

    काठमाडौँ 

     सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित तिनाउ इन्टरनेसनल हस्पिटल प्रालिमा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ।

    fgerty7.jpg

     

    सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले तिनाउ हस्पिटलका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने बताइएको छ।हस्पिटलबाट फिजियाेथेरापीका सेवामा थप आकर्षक प्याकेजकाे व्यवस्था पनि गरिएको छ।

     

    यस सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ।यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend