लागुऔषधसहित धनकुटाबाट एक जना पक्राउ

images
  • 76
    SHARES
  • श्रावण १४, २०७९ शनिबार
    लागुऔषधसहित धनकुटाबाट एक जना पक्राउ
    images

    धनकुटा 

    प्रहरीले लागुऔषधसहित धनकुटाबाट एक जनालाई पक्राउ गरेको छ। सहिदभूमि गाउँपालिका-५ घरभई हाल धनकुटा-७ स्थित डेरा बस्ने २८ वर्षीय राकेश राई पक्राउ परेका हुन्।

    erdfg.jpg

     

    शंका लागेर राईको कोठामा गई खान तलासी गर्दा १७ हजार फेला पारी सोधपुछ गरिएको प्रहरीको भनाइ छ। उनले अञ्जु विश्वकर्माको कोठाभित्र लागुऔषध लुकाई छिपाई राखेको जानकारी गराएका थिए।

     

    तत्कालै अञ्जुको कोठामा खान तलासी गर्दा अबैध लागुऔषध दुईकिलो गाँजा, ३ बट्टा लागुऔषध कोरेक्स, ६० चक्की नाइट्रोजेपाम, १ हजार १५० चक्की स्पास्पेन र १ हजार २१० चक्की ट्रामोल फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend