राष्ट्रिय भूमि आयोगले पर्साका अधिकांश पालिकामा जग्गा व्यवस्थापनका लागि काम शुरू

images
  • 222
    SHARES
  • श्रावण १४, २०७९ शनिबार
    राष्ट्रिय भूमि आयोगले पर्साका अधिकांश पालिकामा जग्गा व्यवस्थापनका लागि काम शुरू
    images

    काठमाडौं 

    राष्ट्रिय भूमि आयोगले पर्साका अधिकांश पालिकामा जग्गा व्यवस्थापनका लागि काम थालेको  छ । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले जिल्लाका अधिकांश पालिका काम अघि बढाएको हो ।

    bhumi-aayog_20220109084833.jpg

     

    राष्ट्रिय भूमि आयोगले दोस्रो चरणमा जिल्लाको पोखरिया नगरपालिकासहित पकहा मैनपुर, पटेर्वासुगौली, जगरनाथपुर, विन्दवासिनी र सखुवाप्रसौनी गाउँपालिका काम अघि बढाएको हो । पहिलो चरणमा जिल्लाको वीरगञ्ज महानगरपालिका, पर्सागढी, बहुदरमाई नगरपालिका र ठोरी गाउँपालिकामा अघि बढाएको थियो  । 

    भूमिहीन, सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासीको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतबारे ती पालिकाका जनप्रतिनिधिको आयोगको काम, कर्तव्य र अधिकारसहित काम अघि बढाइएको छ ।

    भूमिसम्बन्धी कामको सहजताका लागि ती पालिकामा सेवा केन्द्र सहजीकरण समिति गठन गर्ने र नगरपालिकामा सेवा केन्द्रको स्थापनाका लागि काम अगाडि बढाइएको आयोगको पर्सा कार्यालयले जनाएको छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend