रोनाल्डोले युनाइटेडबाट मैत्रीपूर्ण खेल खेल्ने

images
  • 173
    SHARES
  • श्रावण १४, २०७९ शनिबार
    रोनाल्डोले युनाइटेडबाट मैत्रीपूर्ण खेल खेल्ने
    images

    काठमाडौं 

      इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रायो भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।रोनाल्डोले सामाजिक संजालबाट भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका हुन् । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल आइतबार ओल्ड ट्राफोर्डमा हुनेछ। 

    1656835585_krishtinoronaldo_20220703140631.png

    उनले आज हुने एट्लेटिको मड्रिडविरुद्धको मैत्रीपूर्ण भने खेल्ने छैनन् । रोनाल्डो पछिल्लो समय क्लब छाड्ने योजनामा छन् । उनी प्रि-सिजन टुरका लागि थाइल्याण्ड र अस्ट्रेलिया गएका थिएनन् ।रोनाल्डो केहि दिन अघि मात्र युनाइटेड फर्किएका हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend