काठमाडौं
मध्य रातमा हिरासत कक्षमा रहेकी महिलालाई बाहिर लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका असईविरुद्ध जाहेरी दर्ता भएको छ ।

पीडित भनिएकी महिलाले इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईंविरुद्ध जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पुगेर जाहेरी दिएकी हुन् ।
शुक्रबार राति २ बजेतिर ‘मुद्दाबारे सोधपुछ गर्नु छ’ भन्दै आफूलाई हिरासतबाट निकालेर चौलागाईं माथिल्लो कोठामा लगेको महिलाले बताएकी छन् । बहुविवाह कसुरमा ११ साउनमा पक्राउ परेकी उनले आफूलाई असई चौलागाईंले बलात्कार गरेको आरोप लगाएकी छन् ।
आरोपित असई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले बताए ।



