देवघाट तनहुँ : साउन १४
तनहुँको देवघाटमा बोट बिरुवा रोपौँ वातावरण स्वच्छ बनाअौँ भन्ने मुल नाराका साथ बृक्षरोपण गरिएको छ ।

इलाका प्रहरी कार्यलय देवघाट र सामुदायिक सेवा केन्द्र देवघाटको संयुक्त आयोजनामा भएको सो बृक्षरोपण कार्यक्रम इलाका प्रहरी कार्यलय परिसर वरिपरि बृक्षरोपण गरि सम्पन्न गरिएको छ ।

सो बृक्षरोपणमा असोक,म्याङ्गोस्टीक, बेल, अंगुर, रक्तचन्दन, गुलाबजामुना लगाएत गरि करिब ५०/६० वटा बिरुवा कार्यलय वरिपरि बृक्षरोपण गरिएको इलाका प्रहरी कार्यलय देवघाटका बरिस्ठ प्रहरी नायव निरिक्षक हरिनारायण श्रेष्ठले बताए ।

सोही समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवं देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले बृक्षरोपण वातावरणलाई स्वाच्छ गर्नु मात्रै नभएर पर्याप्त अक्सिजनको लागि अझै यस रूख बिरुवाको आवश्यकता पर्ने बताए ।

त्यस्तै कार्यक्रममा सामुदायिक सेवा केन्द्र देवघाटका अध्यक्ष होम बहादुर भारतीले पृथ्वीमा उत्पत्ति देखि नै बोट बिरूवाको महत्त्वपूर्ण भुमिका रहेको हुनाले बृक्षरोपणको महत्त्व छ भने । भारतीले देवघाटमा धेरै जसो संघ संस्थाहरूले कार्यक्रमहरूको आयोजना गर्दा बृक्षरोपण कार्यक्रम गरेता पनि बिरूवाको रेखदेखमा भने अलि प्रभावकारी नरहेको बताउदै ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा देवघाट गाउँपालिकाका ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर, वडा सदस्य बुद्धि बहादुर पाण्डे, कमला गुरूङ, याम बहादुर मगर, सरस्वती परियार, देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व अध्यक्ष याल बहादुर गुरूङ, राष्ट्रिय भूमि आयोग देवघाट गाउँपालिका स्तरीय सहजीकरण समितिका विज्ञ सदस्य अर्जुन अधिकारी र सहजीकरण समितिका अन्य सदस्यहरू बाबुराम पौडेल, सोमनाथ ढकाल, दुर्गालाल गुरूङ, देवघाट युवा तथा खेलकुद समिति ५ नम्बर वडाका अध्यक्ष अम्मर फेवाली, सीता सामुदायिक वनका अध्यक्ष प्रवीन कार्की,देवघाट युवा तथा खेलकुद समितीका सदस्य प्रशन्न ढकाल,बल बहादुर क्षेत्री,देवघाट टोल विकास समितिका सचिव निर्मल राना लगाएतको उपस्थिति रहेको थियोे ।









