लागुऔषधसहित दुई युवक पक्राउ

images
  • 225
    SHARES
  • श्रावण १४, २०७९ शनिबार
    लागुऔषधसहित दुई युवक पक्राउ
    images

    जनकपुरधाम 

    लागुऔषधसहित धनुषाबाट दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–६ का २४ वर्षीय जिबस दास र जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरका १८ वर्षीय राजु दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    ghjy.jpg

     

    प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटेको गस्ती टोलीले बिदेह नगरपालिका १ मौनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेको दुबैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा १६ पिस नाईट्रोभेट ट्याबलेट बरामद भएको प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

     

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend