सरकारविरुद्ध राप्रपाको र्‍यालीसहित कोणसभा- शान्ति सुरक्षाको स्थिति नाजुक : सहमहामन्त्री गुरूङ

images
  • 303
    SHARES
  • श्रावण १४, २०७९ शनिबार
    सरकारविरुद्ध राप्रपाको र्‍यालीसहित कोणसभा- शान्ति सुरक्षाको स्थिति नाजुक : सहमहामन्त्री गुरूङ
    images

    रत्ननगर

     राप्रपा चितवन क्षेत्र नं- १ ले देशमा व्याप्त भ्रष्टाचार, महँगी, हत्याहिंसा, नागरिकता विधेयक र सरकारविरुद्ध र्‍यालीसहित भण्डारा, खुरखुरे, खैरहनी र रत्ननगरमा छुट्टाछुट्टै कोणसभा सम्पन्न गरेको छ ।

    vvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvv.jpg

    कोणसभामा राप्रपाका केन्द्रीय सहमहामन्त्री एवं बागमती प्रदेश सभा सदस्य रिना गुरुङले गठबन्धन सरकारले देशमा व्याप्त भ्रष्टाचार, हत्याहिंसा र महँगी नियन्त्रण गर्न असफल रहेको बताएकी छन् । दिनहुँ बढ्दै गएको हत्याहिंसा र अराजकताका घटनाले शान्तिसुरक्षाको स्थिति नाजुक रहेको बताउँदै उनले सरकारले हालै ल्याएको नागरिकता विधेयक देशको हितविपरीत रहेको जिकिर गरेकी छन् ।

    jklo.jpg

    सरकारबाट नेपाली जनताले महँगी उपहार पाएको भन्दै ठूला भनिएका दलहरु असफलसिद्ध भइसकेको उनको दाबी थियो ।

    कार्यक्रममा राप्रपा क्षेत्र नं- १ का अध्यक्ष बलराम खनालले जनताको जनजीविकाबारे संवेदनशील नहुने सरकारप्रति जनताको कुनै आशा र भरोसा नरहेको रहेको बताउँदै आगामी निर्वाचनमा जनताले वैकल्पिक शक्तिका रुपमा राप्रपालाई जिताउनुपर्ने बताए ।

    उनले भने, ‘सरकार आए पनि जनताको जीवनमा परिवर्तन आएन, अब राप्रपाले जनताको आकांक्षा पूरा गर्छ ।’ सरकारले एकपछि अर्को राष्ट्रघाती निर्णय गर्दै देशलाई खोक्रो पारेको उनको आरोप थियो ।

    gtyui.jpg

    सभामा बागमती प्रदेश सहसचिव माधव भट्टराई, जिल्ला अध्यक्ष रुद्र ढकाल, केन्द्रीय वाणिज्य समन्वय विभाग सदस्य हरि अधिकारीलगायतले जनता अब जागरुक भई सडकमा आउनुपर्ने बेला भइसकेको बताए ।

    भण्डारामा आयोजित कोणसभामा पूर्वकेन्द्रीय सदस्य रामहरि कँडेल र राप्ती नगरसदस्य गणेश ढकालले सम्बोधन गरेका थिए । यस्तै, खुरखुरेमा आयोजित कोणसभामा शिक्षा विभागका केन्द्रीय सदस्य डा. वसन्त अधिकारी र जिल्ला उपाध्यक्ष पिताम्बर आचार्यले सम्बोधन गरेका थिए ।

    यस्तै, खैरहनीको पर्साबजारमा आयोजित कोणसभामा रत्ननगर नगर प्रवक्ता सन्तोष लामा, खैरहनी नगरसदस्य अरुण नेपाल र सुशासन विभाग जिल्ला अध्यक्ष राजेश्वर खतिवडाले सम्बोधन गर्दै जनताको न्यायका लागि राप्रपा सधैँ अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आएको बताए ।

    रत्ननगरमा आयोजित समापन कार्यक्रममा सभाअध्यक्ष क्षेत्र नं १ का अध्यक्ष बलराम खनाल र रत्ननगर नगरअध्यक्ष गोविन्द अधिकारीले सरकारविरुद्ध खबरदारी कार्यक्रम निरन्तर जारी रहने बताए । सभामा राप्रपाका नेता कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend