कोलोम्बियामा बाढीका कारण १३ जनाको मृत्यु

images
  • 144
    SHARES
  • चैत्र २६, २०७८ शनिबार
    कोलोम्बियामा बाढीका कारण  १३ जनाको मृत्यु
    images

    काठमाडौं

    कोलोम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तर पश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ । त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।

    bb.jpg

    यहाँ अकस्मात भारी वर्षा सुरु भएको थियो । यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाढीका कारण यहाँका कतिपय सडकहरुमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend