३६ किलो गाँजासहित एक जना पक्राउ

images
  • 76
    SHARES
  • श्रावण १७, २०७९ मंगलबार
    ३६ किलो गाँजासहित एक जना पक्राउ
    images

    काठमाडौं 

    मोरङको सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालबाट भारतको जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा जहदा–२ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो ।

    ccccvv.jpg

     

    जहदा गाउँपालिका–२ हरिनगराबाट मङ्गलबार बिहानका ३६ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।तीन जनाले बोकेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई जना भने फरार भएको प्रहरीले बताएको छ ।पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए ।

     

    गुरुङलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा लगाउने प्रहरीको तयारी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend