सप्तकोसीमा ठूलो बाढी, केही बस्ती जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह

images
  • 71
    SHARES
  • श्रावण १७, २०७९ मंगलबार
    सप्तकोसीमा ठूलो बाढी, केही बस्ती जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह
    images

    काठमाण्डाै 

    सप्तकोसी नदीमा ठूलो बाढी आएको छ । पहाडी जिल्लामा हिजो साेमवारदेखि परेको ठूलाे पानीका कारण सप्तकोसीमा ठूलो बाढी आएको हो । सुनसरीको चतरामा बिहानैदेखि बाढीको सतह सतर्कताको तहमा पुगिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । 

    hggggasxz.jpg

    उदयपुर, सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । कोसीमा सतह बढेर उदयपुरको बेलका नगरपालिकाको डुम्रीबाट बस्तीमा पस्न थालेको छ । बस्तीमा पानी पसेमा सप्तरीसम्मका कैयौँ गाउँ डुबान र कटानमा पर्नेछन् । 

    नदी किनारका केही बासिन्दाले सुरक्षित ठाउँको खोजी गर्दै घर छाड्न थालेका प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend