लिलामाया गुरुङको गोठ बारी पहिरोमा परी क्षती

images
  • 205
    SHARES
  • श्रावण १७, २०७९ मंगलबार
    लिलामाया गुरुङको गोठ बारी पहिरोमा परी क्षती
    images

    देवघाट तनहुँ : साउन १७

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ छिपछिपे स्थित लिला माया गुरुङको गोठ,शौचालय बारी अविरल परी रहेको बर्षाको कारण पहिरोले बगाई क्षती भएको छ।

    rrrrrtyui.jpg

    बिहान करिब ६ बजे तिर पहिरो गएको थियो। सो पहिरोले शौचालय,गोठ,कोदोबारीमा क्षती पुगेको छ भने बस्ने घर जोखिम अबस्थामा रहेको र रोटरी क्लब र देवघाट गाउँपालिकाको साझेदारीमा सम्पन्न छिपछिपे भञ्ज्याङ् सोलार लिफ्टिङ्ग पानी ट्यांकीलाई समेत असर पुर्‍यएको स्थानीय युवा रबिन्द्र गुरुङले बिहानी मिडियालाई जानकारी दिनुभयो।

    ttttyuio.jpg

    साथै लिलामाया गुरुङ एकल महिला हुन भने पहिरो बाट कति क्षेती भयो थप विवरण आउन बाकी रहेको समेत बताउनुभयो।

    rrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend