मंगलबार देशभर ८१४ जना कोभिड १९ का संक्रमित

images
  • 123
    SHARES
  • श्रावण १७, २०७९ मंगलबार
    मंगलबार देशभर ८१४ जना कोभिड १९ का संक्रमित
    images

    काठमाडौं 

    मंगलबार देशभर ८१४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा गरिएको ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो। 

     

    new-corona-virus_20210518161332 (1).jpg

    आज २९९ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रह्यो। तर  संक्रमणबाट आइसियु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढ्दै छ। मन्त्रालयको आजको विवरण अनुसार हाल देशभर ३८ जना संक्रमित आइसियु र ५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। 

    यस्तै १५९ जना संक्रमित संस्थागत आइसोलेशनमा छन् भने ४ हजार ९८५ जना होम आइसोलेशनमा रहेका छन्। हाल देशभर ५ हजार १४४ जना सक्रिय संक्रमित रहेका छन् जसका काठमाडौंमा  ३ हजार १८ जना, ललितपुरमा ५५० र भक्तपुरमा ३० जना रहेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend