म्याग्दीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

images
  • 121
    SHARES
  • श्रावण १७, २०७९ मंगलबार
    म्याग्दीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु
    images

    म्याग्दी 

    मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । 

    pahiro-india_20210726103658.jpg

     

    मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नविन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् । 

    उक्त स्थानमा पहिरो आई दुई वटा घरहरु बगाएको थियो । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । 

    पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ । 

    तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend