देवघाट तनहुँ : साउन १७,
करिस्मा गुरुङ
देवघाट:तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिका मावी अगाडी आज स्कुल बसको ठक्कर बाट देवघाट वडा नम्बर ५ पिपलटार स्थित बसोबास गर्ने आमा रिना तामाङ्ग र बुबा सोमन लामाको ११ वर्षिय छोरा रिभेज तामाङ्ग घाइते भएको छ ।

चितवनको स्मल हेभनमा अध्यानरत छात्र तामाङ्गको स्कुलबाट घर जाने क्रममा देवघाटको कालिका मा. वि. अगाडि कविलास सामुदायिक बोर्डिङ स्कुलको ठक्कर दिएको थियो।
ग.१ क ३०३४ नम्बर (रातो प्लेट) भएको बससँग अन्दाजी ५:३० बजे सो बसले ठक्कर बाट तामाङको टाउकोमा चोट लाग्नुका साथै उपचारको लागि चितवन मेडिकल कलेज पुर्याइएको इलाका प्रहरी कार्यलय देवघाटका बरिस्ठ नायव निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले चालक र गाडी इलाका प्रहरी कार्यलय देवघाटको नियन्त्रणमा रहेको बताए ।



