काठमाडौं
वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयात आर्थिक वर्ष २०७७–७८को तुलनामा गत आव २०७८–०७९ मा नाकाबाट १०७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो।

आव २०७७–७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ लाख मूल्यको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो। गत आवमा रु एक खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख मूल्यको ३२ लाख ९३ हजार ५३८ किलोलिटर इन्धन आयात भएको छ।
९१ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ बढी मूल्यको १७ लाख २ हजार ४०५ किलो बढी इन्धन आयात भएको हो। गत आवमा डिजलको आयात ११ प्रतिशत, पेट्रोलको आयात २५ प्रतिशत, हवाई इन्धनको आयात २ हजार ४८० प्रतिशतले बढेको छ भने मट्टितेलको आयात ३६ प्रतिशतले कम भएको छ।
आर्थिक वर्ष २०७७–७८मा वीरगञ्ज नाकाबाट १९ अर्ब ८१ करोड २८ लाख मूल्यको २ लाख २९ हजार २१६ मेट्रिक टन ग्यास आयात भएको र गत आवमा १५ अर्ब ३८ करोड ४६ लाख बढी अर्थात् ३५ अर्ब १९ करोड ७४ लाख मूल्यको २ लाख ८४ हजार ८२४ मेट्रिक टन ग्यास आयात भएको छ । ७८ प्रतिशत बढी मूल्यको १० प्रतिशत बढी ग्यास आयात भएको हो। इन्धन तथा खाना पकाउने ग्यासको आयातसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ। गत आवमा इन्धन आयातबाट सङ्कलित राजस्वमा ९५–४० प्रतिशतले वृद्धि भएको हो।
वीरगञ्ज नाकाबाट ७० प्रतिशत भन्दा बढी इन्धन र ८५ प्रतिशत भन्दा बढी खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ।



