देवघाट तनहुँ : साउन १८ देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ साँढेबगर स्थित मिन बहादुर गुरुङको घर अविरल बर्षादको कारण पहिरो गई क्षती भएको छ।

हिजो बिहान करिब ६ बजे तिर पहिरो गएर क्षति भएको छिमेकी टिकिसरा गुरूङले बिहानी मिडियालाई जानकारी दिनुभएको थियोे । सो पहिरोले शौचालय, बारी र घरमा ठुलो क्षती पुग्नुका साथै शालिग्राम करिडोर जाने बाटो समेत बन्द रहेको छ ।

भर्खरै निर्मित घर लगाएत अन्य स्थानहरुमा प्राकृतिक प्रकोपमा परि क्षति भएको हुदाँ स्थानिय निकायले केही सहयोग गर्नुहुन्छ कि भन्ने आशामा मिन बहादुर गुरुङको श्रीमती मन मायाँ गुरूङ प्रतीक्षामा छन । गत दुई तिन दिनको झरीले देवघाट गाउँपालिकाको विभिन्न ठाउँमा पहिरो गई क्षति
पुर्याएको छ ।




