एलन मस्क लगातार दोस्रो पटक बने संसारकै सबैभन्दा धनी व्यक्ति, कति छ सम्पति ?

images
  • 59
    SHARES
  • श्रावण १९, २०७९ बिहीबार
    एलन मस्क लगातार दोस्रो पटक बने संसारकै सबैभन्दा धनी व्यक्ति, कति छ सम्पति ?
    images

    एजेन्सी

    टेस्लाका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीमा लगातार दास्रो पटक पहिलो नम्बरमा परेका छन् । एक सर्वेक्षण अनुसार उनको हाल २७८.४ विलियन अमेरिकी डलर सम्पति हुँदा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनको यो सम्पति एशियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीको भन्दा दोब्बर हो । गौतम अडानीको नेटवर्थ १३०.४ विलियन मात्रै रहेको छ ।

    dfgtr.jpg

     

    गत वर्ष एलनको सम्पति १८५ बिलियन अमेरिकी डलर भन्दा बढी रहेको सर्वेक्षणले देखाएको थियो ।२०२१ मा अमेजनका संस्थापकसमेत रहेका जेफ बेजोसलाई उछिन्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका उनी २०२२ मा आइपुग्दा पनि पहिलो स्थानमै कायम भएका हुन् ।

     

    बेजोस भने सन् २०१७ देखि लगातार धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए । तर गत वर्ष एलनले जोसेफको एकछत्र राजलाई ब्रेक गरिदिएका थिए ।

     

    १९७१ जुन २८ मा दक्षिण अफ्रिामा जन्मिएका एलोन क्यानडा र अमेरिकामा प्रमुख रुपमा व्यवसाय गर्छन् । उनको कम्पनी टेस्लाले बिशेषत विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादन गर्दछ । यस कम्पनीको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। एलोनसहितका ३ जनाले सन् २००३ मा यसको स्थापना गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend