सप्तकोसी बाढीले डुबानमा फसेकाहरूको उद्धार

images
  • 53
    SHARES
  • श्रावण १९, २०७९ बिहीबार
    सप्तकोसी बाढीले डुबानमा फसेकाहरूको उद्धार
    images

    काठमाडौँ 

    उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोसीले धार परिवर्तन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ ।बाढीमा फसेका बेलका नगरपालिका - ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४०० घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।

    xdert.jpg

    बुधबार बिहानदेखि साँझसम्म उद्धार जारी राखेर उद्धार गरिएको उपरीक्षक अधिकारीको भनाइ छ । कोसी बुधबार बिहान फुटेकाले गर्दा उद्धार गर्न सहज भएको र मानवीय क्षति हुनबाट जोगाउन सफल भएको उनले बताए । 

     
     

     कोसी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माइकिङ गरी सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताए । बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएको उनको भनाइ छ । सप्तकोसीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend