भारतमा १९ हजार काेराेना सङ्क्रमित थपिए

images
  • 52
    SHARES
  • श्रावण १९, २०७९ बिहीबार
    भारतमा १९ हजार काेराेना सङ्क्रमित थपिए
    images

    एजेन्सी 

    भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

    jhytrew3.jpg

     

    सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो।भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ।

     

    मन्त्रालयका अधिकारीहरूका अनुसार भारतमा कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २० हजार ४१९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

     

    एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend